भारतको सबैभन्दा महँगो फिल्म २.० को कस्तो छ बक्स अफिसमा सुरुवात ?
भारतको सबैभन्दा महँगो एवं बहुप्रतिक्षित फिल्म ‘२.०’ प्रदर्शनमा आएको छ । लामो समयदेखि फिल्मको रिलिज डेट सरिरहेको थियो । फिल्मको पोस्ट प्रोडक्सनको काम निकै लामो समयसम्म चलेको थियो ।
यो फिल्म रोबोटको सिक्वेल हो । यसपटक रजनीकान्तको अगाडि अक्षय कुमार भिलेन बनेका छन् । यो फिल्म पाँच सय ४३ करोड भरुमा तयार भएको हो जुन भारतको अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो ।
रिलिज अघि नै विभिन्न अधिकार बेचेर फिल्मले लगभग तीन सय ७० करोड भारु कमाई गरिसकेको छ । यसकारण फिल्म बक्स अफिसमा सुरक्षित छ । प्रश्न थिएट्रिकल बिजनेसको छ । के रजनीकान्तको स्टारडम अनुरुप फिल्मले व्यवसाय गर्न सक्छ ? के बाहुबली टु भन्दा सफल हुनसक्छ ? यी प्रश्नको जवाफ फिल्मका लागि महत्वपूर्ण छन् ।
फिल्मले दक्षिण भारतमा दमदार ओपनिङ गरेको छ । रजनीकान्तका अन्य फिल्म झैं यो फिल्मले पनि त्यति नै उत्साह पाएको छ । बिहानैदेखि शो सुरु भएका छन् र रजनीकान्तका प्रशंसकबीच त्यही क्रेज छ । सिंगल स्क्रिन र मल्टिप्लेक्स दुबैमा फिल्मले उत्कृष्ट ओपनिङ पाएको छ ।
प्रश्न रह्यो उत्तर भारतको जहाँ दक्षिणको तुलनामा रजनीकान्तको लोकप्रियता अलि फितलो छ । त्यहाँ पनि फिल्मले राम्रो ओपनिङ पाएको छ । फिल्म लामो समयदेखि चर्चामा छ । अक्षय कुमारको फिल्ममा उपस्थिती र रजनीकान्तको फेमका कारण फिल्मको अत्यधिक चर्चा पाएको हो ।
उत्तर भारतमा मल्टिप्लेक्समा र केही विशेष शहरमा फिल्मको ओपनिङ राम्रो छ भने केही स्थानमा औसत छ । थ्री डी भर्सनलाई मानिसहरुले प्राथमिकता दिइरहेका छन् र एड्भान्स बुकिङ राम्रो भइरहेको छ । विशेषगरी बेलुका र रातीको शोमा एड्भान्स बुकिङ राम्रो छ जसका आधारमा भन्न सकिन्छ कि फिल्मको पहिलो दिनको कमाई शानदार रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण