मालाले छोपिए अक्षय कुमार त दुधले नुहाइए रजनीकान्त, यसरी मनाइयो २.० रिलिज हुँदाको उत्सव
रजनीकान्तको फिल्म ‘२.०’ रिलिज भएको छ । प्रशंसकले निकै लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका थिए । उनका प्रशंसकहरुका लागि यो दोहोरो खुसीको मौका हो किनभने डिसेम्बर १२ मा रजनीकान्तको ६८ औं जन्मदिन पनि हो । उनको जन्मदिनको उपलक्ष्यमा वेलफेयर असोसिएशनका प्रशंसकले एक कटआउट बनाएका छन् जुन ६८ फिट अग्लो छ ।
भारतीय समाचार माध्यम न्यूटएटिनका अनुसार फिल्म रिलिज भएसँगै दक्षिण भारत र मुम्बईमा प्रशंसकबीच उत्साह देखिएको छ । मानिसहरुले पूजा पाठसहित आतिशबाजी गर्दै फिल्मको स्वागत गरेका छन् ।
अक्षयका प्रशंसकले पनि ओडिशामा उनको एक विशाल कटआउट राखेका छन् । फिल्म सुरु हुने बित्तिकै पर्दामा रजनीकान्तको नाम आउनेबित्तिकै प्रशंसक सिटमा उभिएर मोबाइलबाट त्यसलाई रेकर्ड गर्न थालेको बताइन्छ ।
स्रोतका अनुसार जब रजनीकान्त पहिलो पटक फिल्ममा इन्ट्रि भए तब दक्षिण भारतको एक सिनेमाघरमा फिल्मलाई तीन मिनेटसम्म रोकियो । त्यसपछि मानिसहरु थिएटरभित्रै मज्जाले नाचे । बेंगलुरु र चेन्नईमा बिहान ६ बजे सुरु भएको शोमा मानिसहरु खचाखच भरिएका थिए । रजनीकान्तलाई मन पराउनेहरुले उनको कटआउटलाई दुधले नुहाइदिए ।
मुम्बईको सायन र वडालामा सिनेमाघर बाहिर ठूलै उत्सव मनाइयो । ढोल इत्यादि बजाएर रजनीकान्तका प्रशंसक फिल्म हेर्न पुगे ।
रजनीकान्तको कटआउटलाई सजाइएको रथमा राखेर सिनेमाघरसम्म ल्याइयो । बच्चाहरुले पनि आफ्नो शरिरमा रजनीकान्तको तस्बिर बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण