मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

आलोकनाथ र सनी देओल एकै उमेरका, थाहा छ ?

शुक्रबार, १४ मङ्सिर २०७५, ११ : २५
शुक्रबार, १४ मङ्सिर २०७५

बलिउड सेलिब्रिटीको उमेरको अन्दाज मात्र लगाउन सकिन्छ । आफूलाई फिट र जवान बनाइराख्नका लागि यी स्टारले कति मेहनत गर्छन्, त्यो देखेर तपाईं दंगै पर्नुहुन्छ । बलिउडका ह्यान्डसम हंक ऋतिक रोशन शानदार व्यक्तित्वका मालिक हुन् । ऋतिक आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् त्यसकारण ४४ वर्षको उमेरमा पनि उनी निकै जवान र ऊर्जावान् देखिन्छन् । यस्तै, नवाजुद्दीन सिद्दीकीलाई हेर्ने हो भने उनी पनि ४४ वर्षका हुन् । दुबैलाई सँगै हेर्दा उनीहरु एकै उमेरका हुन् भनेर अन्दाज लगाउन मुश्किल छ ।

बलिउडकी चर्चित नायिका हेमा मालिनी ६९ वर्षको भइसकिन् । उनीजस्तै, डिडिएलजे, क्या कहनाजस्ता फिल्ममा ‘आमा’ को भूमिका निभाइसकेकी फरिदा जलाल पनि ६९ वर्षकी हुन् । तर दुबैको तस्बिर एकैपटक हेर्नुहोस् त ।

आलिया भट्ट र नायक परजान दस्तूर दुबै २४ वर्षका हुन् । तर परजान यसो हेर्दा आलियाभन्दा कान्छा देखिन्छन् । आलियाले विभिन्न फिल्ममा परिवर्तन गरिरहने लुक्सका कारण पनि यस्तो भएको हुनसक्छ ।

नायक सनी देओल ६१ वर्षको उमेरमा पनि निकै फिट र ऊर्जावान् देखिन्छन् । तर उनकै उमेरका आलोक नाथमाथि भने उमेरको असर निकै स्पष्ट देखिन्छ । सनीको फिटनेस अगाडि ‘बाबू जी’ टिक्न सकेनन् ।

आमिर खानको फिल्म ‘लगान’ मा काम गर्ने अभिनेत्री ग्रेसी सिंह ३७ वर्षको भइसकेकी छिन् । यस्तै, बलिउडकी हट अभिनेत्री करिना कपुर खानको उमेर पनि ३७ वर्ष हो । तर करिनामाथि उनको उमेरको केही असर देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप