प्रियंका निकको विवाहमा क्रिकेट म्याच पनि खेलिने
प्रियंका चोपडा र निक जोनसको विवाह बलिउडमा यतिबेला ‘टक अफ द टाउन’ हो । विवाहका कार्यक्रम सुरु भइसकेका छन् । यस्तै कार्यक्रमका बीच एक विशेष कार्यक्रमको पनि आयोजना गरिएको छ । बेहुला र बेहुली पक्षबीच क्रिकेट म्याच हुनेछ ।
डिएनएको खबर अनुसार शनिबार बेहुला र बेहुली परिवारबीच एक क्रिकेट म्याचको आयोजना हुनेछ । ‘पी’ र ‘एन’ नामका दुई समूह बनाइनेछ । खेलको क्रममा जोडी क्यामियो रोलमा देखिनेछन् ।
पाहुनाले प्रियंकाको विवाहमा यस्ता नियम अपनाउनुपर्नेछः
यो शाही विवाहमा पाहुना र कर्मचारीका लागि विशेष शर्त राखिएका छन् । पाहुनाले आफूसँग क्यामरा भएको फोन विवाह स्थलसम्म लैजान पाउँदैनन् । उनीहरुका फोनका लागि एक टोकन नम्बर दिइनेछ जसको आधारमा विवाह समाप्त भएपछि उनीहरुले फिर्ता पाउनेछन् । विवाह भइरहेका बेला पाहुनालाई क्यामरा नभएको फोन दिइनेछ ।
संगीतमा पुगे मुकेश अम्बानीः
शुक्रबार संगीत कार्यक्रम आयोजना भयो । प्रियंकाको संगीत कार्यक्रममा मुकेश अम्बानी स–परिवार उपस्थित भए । उनी श्रीमती निता अम्बानी, छोरा अनन्त र छोरी ईशा अम्बानीसँग एयरपोर्टमा देखिए । प्रियंकाको संगीत कार्यक्रमका लागि उम्मेद प्यालेसलाई निकै सजाइएको थियो । संगीत कार्यक्रमको थीम राजस्थानी राखियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण