निक–प्रियंका वा रणबीर–दीपिका ? थाहा पाउनुस् को धनी !
बलिउडको ‘पावर कपल’ रणबीर सिंह र दीपिका पादुकोण केही दिनदेखि चर्चामा छन् – विवाहका कारण ।
विवाहकै कारण अर्को एक जोडी पनि चर्चामा छन् – प्रियंका चोपडा र निक जोनस । डिसेम्बर एक र दुई तारिखमा यो स्टार कपलको धूमधामसँग विवाह हुँदैछ । यी दुईको जोधपुरस्थित उम्मेद भवन प्यालेस चार दिन विवाह कार्यक्रम सुरु भइसकेको छ ।
रणबीर–दीपिका र निक–प्रियंका निकै चर्चित जोडी हुन् । यी जोडीका प्रशंसक लाखौंमा छन् । यी दुईबीच तुलना हुनु स्वभाविक हो । यसैबीच यी जोडीको सम्पत्तिमा समेत तुलना भइरहेको छ ।
रिपोर्टलाई मान्ने हो भने प्रियंकाको कूल सम्पत्ति २८ मिलियन डलर छ । यस्तै निक जोनसको कूल सम्पत्ति २५ मिलियन डलर हो । यी दुईको कूल सम्पत्ति ५३ मिलियन डलर अर्थात् (पाँच अर्ब ९० करोड रुपैयाँ) हुन्छ ।
यस्तै, दीपिकाको कूल सम्पत्ति ११ मिलियन डलर बताइन्छ र रणबीरको पनि लगभग यति नै सम्पत्ति भएको रिपोर्टले बताएको छ । दुबैको कूल सम्पत्ति २२ मिलियन डलर अर्थात् (दुई अर्ब ४५ करोड रुपैयाँ) हुन्छ ।
यो आँकडालाई विश्वास गर्ने हो भने प्रियंकाको सम्पत्ति निकको भन्दा धेरै छ र दीपिका रणबीरको कूल सम्पत्ति निक जोनसको भन्दा कम छ ।
दीपिका र रणबीर बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक दिइने स्टार्समा गनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण