प्रियंका निकको मेहेन्दीका विशेष तस्बिर
बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको मेहेन्दी र संगीत कार्यक्रमपछि शनिबार हल्दी कार्यक्रमको आयोजना गरियो ।
प्रियंकाले शनिबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा मेहेन्दीका केही विशेष तस्बिर सेयर गरेकी छिन् ।
राजस्थानको जोधपुरको उमेद भवन प्यालेसमा दुई–तीन डिसेम्बरमा प्रियंका र निकको हिन्दु–क्रिश्चियन परम्परामा विवाह हुनेछ ।
यसअघि यो जोडीले साथी र परिवारका लागि शुक्रबार ककटेल पार्टीको आयोजना गरेका थिए ।
प्रियंकाका प्रेमी निकको पूरा नाम निकोलस जेरी जोनस हो र उनी अमेरिकी गायक, लेखक, नायक एवं रेकर्ड प्रोड्युसर हुन् । उनले सात वर्षको हुँदा अभिनय सुरुवात गरेका थिए ।
प्रियंकाको काकाकी छोरी परिणीती चोपडा पनि विवाह र यसअघिका कार्यक्रममा सरिक हुन जोधपुरमा छिन् । यो विवाहका लागि होटल उमेद भवन प्यालेसलाई पाँच दिनका लागि बुक गरिएको छ ।
प्रियंका चोपडा र निकको विवाहपछि दुईवटा रिसेप्सनको आयोजना हुनेछ । एउटा दिल्लीमा हुनेछ भने अर्को मुम्बईमा आयोजना हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण