जुत्ता लुकाइमा पाएको पैसाबारे परिणीत चोपडाले मुख खोलिन्ः भनिन्, ‘निक निकै दानी निस्किए’
प्रियंका चोपडाको हिन्दु परम्परा अनुसार भएको विवाहमा परिणीती चोपडाले भिनाजु निकसँग जुत्ता लुकाइमा पाँच लाख डलर अर्थात् (पाँच करोड ५८ लाख रुपैयाँ) को माग गरेको बताइएको थियो । तर कतिपय भारतीय मिडियाले उनले पाँच लाख भारुको माग गरेको पनि बताएका छन् । यसबारे परिणितीले मुख खोलेकी छिन् । उनले मिडियाले गरेको अड्कलबाजी गलत भएको सोसल मिडियामा बताएकी छिन् ।
उनले सोमबार आफ्नो ट्वीटर ह्यान्डलमा निक निकै नै दानी भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘जसले जुत्ता लुकाईमा पाएको रकम अनुमान गरिरहेको छन्, म भन्नु चाहन्छु कि तपाईंहरुलाई केही पनि थाहा छैन । अहिलेका लागि यति भन्न सक्छु कि तपाईंहरु सबै गलत हुनुहुन्छ । हाहा । निक योभन्दा पनि धेरै क्रेजी र निकै दानी निस्किए । शब्दविहिन । अहिले पनि त्यो पल आँखामा घुमिरहेको छ । उनले हामीलाई चकित पारिदिए । साँच्चै नै निकै राम्रो दिन थियो ।’
जुत्ता लुकाईमा परिणीतीले भिनाजु निकसँग मागिन् पाँच करोड ५८ लाख, पाइन् कति ?
पहिले नै बनाएकी थिइन् यो योजनाः
परिणितीले अक्टोबरमा एक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले भिनाजु निकको जुत्ता लुकाएबापत् पाँच मिलियन डलरको माग गरेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण