यी हुन् बलिउडका सबैभन्दा धनि अभिनेता, जो दोस्रा अम्बानीको नामले चिनिन्छन्
एजेन्सी । बलिउड विश्वमै धनी उद्योग र नाफा कमाउने उद्योगमा एक हो । जहाँ १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।
बलिउडका अभिनेता तथा अभिनेत्री कमाईको हिसाबले कुनै उद्योगति भन्दा कम हुँदैनन् । यस उद्योगका हर कोहि निकै सम्पन्न र धनि छन् ।
केही कमलाई हटाएर गणना गर्ने हो भने बलिउडका धेरै जसो अभिनेता तथा अभिनेत्रीको जीवनशैली निकै नै लोभलाग्दो छ । तर यी मध्येमा पनि एकजना अभिनेता यस्ता छन् जसलाई बलिउडका सबैभन्दा धनि अभिनेता तथा दोस्रो अम्बानी भनेर चिन्ने गरिन्छ ।
भारतका दोस्रो अम्बानीको रुपमा परिचित सुनील शेट्टी लामो समयदेखि बलिउडबाट टाढा रहेका छन् । कुनै समय एक्सन हिरोको उपाधि पाएका उनी लामो समयदेखि चलचित्रमा देखिन छाडेका छन् यद्यपि उनी सम्पतिको हिसाबले दोस्रो अम्बानीको रुपमा चिनिन्छन् ।
इन्डियाका ‘अर्नोल्ड श्वार्जनेगर’ भनेर चिनिएका शेट्टीको अभिनय अरु बाकीँ फिल्मका स्टारको भन्दा निकै अलग मानिन्छ । ‘धडकन’, ‘टक्कर’, ‘मोहरा’ जस्ता ११० चर्चित फिल्ममा काम गरिसकेका उनी ५६ वर्षका सुनिलले मलयालम, तामिल र अंग्रेजी फिल्ममा समेत काम गरेका छन् ।
सुनिल राम्रो अभिनेता मात्र होइनन् उनी एक सफल व्यावसायी पनि हुन् । उनको वार्षिक कमाई १०० करोड भन्दा बढी हुने स्रोतले उल्लेख गरेको छ । उनको ‘रेस्टुरेन्ट’, ‘प्रोडक्सन हाउस’, ‘कपडाको बुटीक’ जस्ता व्यवसाय रहेको छ । उनी सामाजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् ।

फिल्मबाट टाढिएका सुनिलले खेलमा आफ्नो ध्यान केन्द्रीत गरे । उनले अन्य स्टारसँग मिलेर ‘सेलिब्रेटी क्रिकेट लीग’ को लागि टीम किने जसको कप्तान उनी आफै हुन् ।
सुनिल शेट्टीले बलिउडमा फिल्मसँग सँगै व्यवसायलाई अगाडि बढाउने सँस्कारको विकास गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण