मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणवीर सिंहको सिम्बा यसकारण हुनेछ बक्स अफिसमा हिट !

बुधबार, ११ पुस २०७५, १२ : २५
बुधबार, ११ पुस २०७५

रणवीर सिंह, सारा अली खान र सोनू सूद स्टारर फिल्म सिम्बा डिसेम्बर २८ मा रिलिज हुँदैछ । फिल्म बक्स अफिसमा हिट हुने प्रबल सम्भावना छ । फिल्मका निर्देशन रोहित शेट्टीले गरेका छन् । यो सारा अली खानको दोस्रो फिल्म हुनेछ । फिल्म तमिल ब्लकबस्टर टेम्परको हिन्दी रिमेक हो जसमा अजय देवगन पनि क्यामियो गरिरहेको देख्न सकिन्छ । फिल्मले बक्स अफिसमा धमाका मच्चाउन सक्ने भन्दै भारतीय मिडियाले जानकारी दिएका  छन् ।

रोहित र रणवीरको खतरा जोडीः

रणवीर सिंहलाई बलिउडको पावर हाउस पनि भनिन्छ । यस्तै, रोहित शेट्टीको निर्देशनबारे पनि निकै चर्चा हुने गर्छ । दुबै निकै ऊर्जावान् छन् र आफ्नो काममा पूरा लगनका साथ पूरा गर्छन् । रोहित शेट्टीलाई फिल्म बक्स अफिसमा हिट गराउने तरिका थाहा छ । उनको फिल्म विरलै फ्लप हुन्छन् । रणवीर लामो समयदेखि रोहितसँग काम गर्न चाहन्थे र सिम्बामा उनले यो मौका पाए ।

मसाला फिल्मः

बलिउडमा मसाला फिल्म हिट हुने इतिहास छ । रोहित शेट्टीको फिल्ममा कुनै दमदार कहानी नभएपनि मसला भने पर्याप्त छ । रणवीर सिंह यस्ता पुलिस अधिकारी हुन् जो निकै घुस्याहा हुन्छन् र पैसा कमाउनकै लागि पुलिसमा आएका छन् । यो कहानीलाई रोचक बनाउनका लागि रोहितले यसको चर्चा सिंघमसँग जोडेका छन् ।

रणवीर सिंहको स्टार पावर काम लाग्न सक्छः

नायक रणवीर सिंहको फिल्म बक्स अफिसमा कमै फ्लप हुन्छन् । उनी एक उत्कृष्ट अभिनेता हुन् र सन् २०१८ को सुरुवातमा रिलिज भएको फिल्म पद्मावतमा आफूलाई पुष्टि पनि गरेका छन् । फिल्म अत्यधिक हिट रह्यो र यसमा उनको कामको पनि निकै चर्चा गरिएको थियो ।

डिसेम्बरमा अन्य कुनै विशेष फिल्म छैनन्ः

डिसेम्बर महिनामा रिलिज भएका केही फिल्मले राम्रै व्यापार गरेपनि कुनै पनि हिन्दी फिल्मले बक्स अफिसमा रेकर्ड भने तोड्न सकेनन् । शाहरुख खानको जिरोबाट दर्शकलाई निकै आश थियो तर यो फिल्मले पनि दर्शकलाई मनोरञ्जन दिन सकेन । यस्तोमा दर्शकलाई अब रणवीरको फिल्मको प्रतिक्षा छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप