मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वमन्त्रीको नातिसँग साराको ‘अफेयर’, भाइरल भयो पूर्वप्रेमीसँगको तस्बिर

मङ्गलबार, १५ माघ २०७५, १० : ०२
मङ्गलबार, १५ माघ २०७५

मुम्बई – एजेन्सी – बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री सारा अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो भने लगत्तै उनको अर्को फिल्म ‘सिम्बा’ ले पनि राम्रै व्यापार गर्न सफल भयो ।

डेब्यु फिल्ममा नै उनले गरेको अभिनयले धेरैलाई आर्कषित गर्न सफल पनि भयो । सुन्दर अभिनेत्रीको रुपमा पनि उनलाई धेरैले मन पराउँन थालेका छन् ।

तर, यतिवेला भने उनी प्रेम सम्बन्धका कारण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा चर्चामा छिन् । उनले भर्खरै एक अन्तर्वातामा उनले पूर्व केन्द्रीय गृहमन्त्री सुशील कुमार शिन्देका नाति वीर पहरियासँग अफेयरमा बसिसकेको खुलाएकी छिन् । 

उनको उक्त अन्तर्वार्तापछि सार र वीर पहरियाका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिरमा उनीहरु एक अर्काको अंगालोमा बाधिएर चुम्बन गरिरहेका छन् । 

 साराका अनुसार वीर पहरिया  उनको पहिलो प्रेम थियो तर उसले साराको मन तोडिदियो त्यसपछि कोहिसँगपनि प्रेमसम्बन्धमा जोडिएकी छैनन् । रिपोर्टको अनुसार उनको पीरसँग सन् १०१६ मा प्रेम सुरु भएको थियो । तर, एक वर्षमै सम्बन्ध टुट्यो । 

यद्यपि, साराले आफूलाई अभिनेता कार्तिक आरयन मन पर्ने बताएकी थिइन् । आयरन चन्की पाण्डेकी छोरी अन्नया पाण्डेसँग अफेयरमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप