सारा अलीलाई डिनर डेटको बचन दिएर अनन्या पाण्डेसँग घुम्न निस्किए कार्तिक, क्यामरा देखेपछि यसरी मुख लुकाए
बलिउड सेलिब्रिटी आफ्नो फिल्मका लागि जति चर्चामा रहन्छन् । त्योभन्दा पनि बढी आफ्नो प्रेम सम्बन्धका लागि चर्चा बटुल्छन् । आजकाल कार्तिक आर्यन पनि आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । कार्तिक आर्यनलाई एकपटक पुनः आफ्नी प्रेमिका अनन्या पाण्डेसँग देखिएको छ ।
हुन त कार्तिकलाई पहिलो पटक प्रेमिकासँग भने देखिएको होइन । यसअघि पनि दुबैलाई थुप्रैपटक डिनर डेटमा रमाइरहेको भेटिएको थियो । यसपटक कार्तिकलाई उनकी प्रेमिका अनन्या पाण्डेसँग कारमा कतै जाँदै गरेको देखियो । जब मिडियाका क्यामरा कार्तिकमा तेर्सियो तब उनले आफ्नो मुख लुकाए । यस्तै, कारको ब्याकसिटमा बसेकी अनन्या पाण्डेभन्दा मुस्कुराइरहेको देखिइन् ।
स्मरण रहोस्, कफी विद करन सिक्को सेटमा सेफ अली खानकी छोरी सारा अली खानले कार्तिक आर्यनसँग डेट गर्ने इच्छा जताएकी थिइन् । साराको यो भनाई निकै चर्चामा रह्यो । त्यसपछि कार्तिकले पनि सारालाई जवाफ दिएका थिए । उनले भनेका थिए, ‘भ्याउने बित्तिकै तिमीलाई सारालाई डेटमा लैजानेछु । ’
एक अन्तर्वार्ताको क्रममा उनले साराको अभिनयको पनि प्रशंसा गरेका थिए । उनले भनेका थिए, ‘कलाकारको रुपमा मलाई साराको काम निकै मनपर्छ । मैले उनको फिल्म हेरेको छु । उनको अभिनय निकै राम्रो छ । उनको मनमा जे कुरा छ त्यो सबैको अगाडि भन्छिन्, यो नै उनको राम्रो पक्ष हो । यसबाट थाहा हुन्छ कि उनको मन कति सफा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण