बलिउडमा यी सुपरहिट कलाकार हलिउड प्रोजेक्टमा भएका थिए रिजेक्ट
मुम्बई – बलिउडका सबै कलाकारमा हलिउड फिल्म खेल्ने चाहना लुकेको हुन्छ । तर केहीलाई मात्र सो अवसर मिल्ने गरेको छ । अहिलेसम्मको अवस्था हेर्ने हो भने बलिउडका धेरै कलाकारले हलिउड प्रोजेटमा काम गरिसकेका छन् । तर केही मात्र आफ्नो नाम राख्न सफल देखिन्छन् । आज चर्चा ती कलाकारको गर्दैछौ, जो हलिउड प्रोजेटको अडिसनमा रिजेक्ट भएका थिए ।
प्रियंका चोपडा
हलिउड टिभी श्रृखला ‘क्वान्टीको’ अभिनयका कारणले प्रियंकाले हलिउडमा पहिचान बनाएकी छन् । फिल्म ‘बेवाच’ प्रदर्शन पछि उनी एक हलिउड प्रोजेटका लागि फाइनल पनि भएकी थिइन् । सो समय उनलाई हलिउड फिल्मका निर्माताले रिजेक्ट गरेका थिए । हलिउड निर्मातामा कालो केटी फिल्ममा नराख्ने मानसिकता भएको आफूले सो समय पाएको प्रियंकाले एक अन्तर्वार्तामा बताएकी थिइन् ।
रणवीर सिंह
एक समय हलिउड प्रोजेट अभिनयका लागि आफुले अडिसन दिएको र रिजेक्ट भएको हालै एक अन्तवार्ताका क्रममा रणवीर सिंहले बताएका छन् । उनले भनेका थिए ‘सेडुल समस्याका कारण काम गर्ने अवसर मिलेन, अनि रिजेक्ट भए ।’
दीपिका पादुकोण
दीपिकाको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स ः एक्सेन्डर क्रेज’ हो । यस अगाडि उनले बिज्ञापन तथा एक बिषेश भुमिकाका लागि ‘फास्ट एण्ड फ्युरियस ७’को अडिसन दिएकी थिइन् । अडिसनमा उनी रिजेक्ट भएकी थिइन् ।
कंगना रनौत
दीपिकाको साथसाथै कंगनाले पनि ‘फास्ट एण्ड फ्युरियस ७’को एक भुमिकाका लागि अडिसन दिएकी थिइन् । तर उनी अडिसनमा रिजेक्ट भइन् ।
चित्रान्गदा सिंह
दीपिका र कंगनाले झै ‘फास्ट एण्ड फ्युरियस ७’का लागि चित्रान्गदा सिंहले पनि अडिसन दिएकी थिइन् । तर सफल हुन सकिनन् ।
सोनम कपुर
सोनमले सुपर हिट फ्रेन्चाही ‘पाइरेट्स अफ द क्यारेबियन’मा एक भुमिकाका लागि अडिसन दिएको थिइन् । तर अडिसनमा उनी रिजेक्ट भएको उनले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण