गर्भ बसेपछि अक्षयकी यी नायिकाले गरिन् इन्गेजमेन्ट
बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर सेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् । यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाइदिएकोमा धन्यवाद पनि दिएकी थिइन् । आफ्ना प्रेमीको नाम खुलासा गरेपछि नायिकाले आफू गर्भवती भएकोसमेत जानकारी दिएकी थिइन् जसले धेरैलाई चकित बनाएको थियो ।
एमीबारे अर्को नयाँ खबर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार उनले हालै आफ्ना प्रेमी जर्ज पानायिटूसँग लण्डनमा इन्गेजमेन्ट गरेको खबर छ ।
इन्गेजमेन्टको तस्बिर सोसल मिडियामा सेयर गरिएको छ । यो जोडीले इन्गेजमेन्टपछि चाँडै नै विवाह पनि गर्ने खबर आइरहेको छ । एमी अन्तिम पटक फिल्म २.० मा रजनीकान्त र अक्षय कुमारसँग देखिएकी थिइन् ।
केही दिन अघि नायिकाले एक म्यागजिनसँगको अन्तरवार्तामा बच्चालाई यति चाँडै जन्माउने कुनै पूर्वयोजना नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामीले बच्चाको योजना बनाएका थिएनौं । हामी यस्तो अवस्थामा छौं जहाँ सबै कुराका लागि तयार हुन्छौं । मलाई लाग्दैन कि कसैले यसको लागि योजना बनाउन सक्छ तर हामी सही स्थानमा छौं ।’
उनले थपिन्, ‘हामी दुबै निकै खुसी छौं, हामीसँग राम्रो घर छ र आमा–बुवा बन्न लागेकोमा निकै उत्साहित छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण