शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषि रसायनबाट जनस्वास्थ्यमा घातक असर

सोमबार, ०९ असार २०७६, ११ : ३०
सोमबार, ०९ असार २०७६

कृषि रसायनले हाम्रो माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदूषित गरेको छ । सबैभन्दा गम्भीर प्रभाव हाम्रो स्वास्थ्यमा परेको छ । यी विषालु रसायन फलफूल, तरकारी, अन्न, दाल, मसला, खाने तेल, दूध, फुल, मासु, पानीसँगै हाम्रो शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान पुर्याउँछ ।

सामान्यतया के विश्वास गरिन्छ भने रासायनिक मल एवं किटनाशक प्रयोग गर्नाले उत्पादन बढाउन सकिन्छ ।  उत्पादन बढ्नाले किसानको नाफा पनि बढ्छ । सरकारले पनि किसानलाई वैज्ञानिक तरिकाले खेती गर्न सल्लाह दिन्छ तर यो वैज्ञानिक खेतीको अर्थ मात्र रासायनिक मल र किटनाशकको प्रयोगसम्म सीमित होस् । अमेरिकामा गरिएको अनुसन्धानबाट के थाहा हुन्छ भने किटनाशक रसायनलाई बोटबिरुवा, तरकारी तथा फलफूलमा छकिँदा रसायनहरूको ०.१ प्रतिशत मात्रा मात्रै सही लक्ष्यसम्म प्रभावित हुन्छन् । बाँकी ९९ प्रतिशत रसायनले पर्यावरणलाई प्रदूषित गराउन सहयोग गर्छ । देशमा खेतीपातीका लागि प्रतिवर्ष २.५ लाख टन पेस्टिसाइडको प्रयोग हुने गरेको अनुमान छ । यस प्रकार प्रत्येक वर्ष १० करोड रुपियाँ खेतीपातीमा उपयोग हुने पेस्टिसाइडको लागि खर्च हुन्छ । आज जोखिम मात्र रासायनिक उर्वरक र किटनाशकको बढ्दो प्रयोगबाट हैन बरु खाद्य पदार्थमा जसरी मिसमासको धन्दा बढिरहेको रहेको छ  । यसले मानवीय स्वास्थ्यका लागि गम्भीर चुनौती जोखिम बढेको छ ।

तरकारीमा विषालु रसायनको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । एक आँकलनअनुसार वर्तमानमा नै हामी दैनिक ०.५ मिलि ग्राम विष लिई राखेका छौँ । पर्वल रङ्ग्याइएको छ । तरकारीको आकार चाँडै ठूलो पार्न त्यसमा आकसिटोसिनको इन्जेक्सन लगाइन्छ । यसको प्रयोग लहरे तरकारी लौका फर्सी, काँक्रो, घिरौँलामा सबैभन्दा बढी प्रयोग गरिन्छ । जसले गर्दा तरकारीको लम्बाइ चौडाइ चाँडै बढ्छ र किसानले बढा मुनाफा कमाउँछ । त्यसैले तरकारी बजारमा हेर्दा चिटिक्क खाइलाग्दा फर्सी, लौका देखिन्छन् । बासी तरकारीलाई मैलाथियानको झोलमा १० मिनेटसम्म डुबाएर राखिन्छ । यसले गर्दा तरकारी २४ घण्टासम्म ताजा रहन्छ । यसको प्रयोग भिन्डी, काउली, खोर्सानी, पर्वल, लौका, बन्दागोभी आदिमा गरिन्छ । मानिसको जीवनका लागि अत्यावश्यक आधार हुन अन्न, तरकारी, दूध र पानी आदिनमा रासायनिक मल र किटनाशकको प्रयोगले  विषाक्त बन्दै गई राखेका छन् । यस कारण मानवीय जीवन विस्तारै जोखिममा पर्दैछ ।


कृषि रसायनको भरपुर प्रयोग गर्ने फार्ममा तथा त्यसको नजिक बसोवास गर्ने केटाकेटीको बौद्धिक स्तर फार्मभन्दा टाढा बसोबास गर्ने केटाकेटीको भन्दा धेरै तल हुन्छ । वृद्धहरूमा विर्सने रोग अल्जाइमरको सम्बन्ध पनि कृषि रसायनसँग जोडिएको पाइएको छ । अर्थात् यी रसायन मानिसको मानसिक क्षमतालाई कम गरिराखेका छन् ।


आजभोलि हृदयाघात, महुमेह, रक्तचाप एवं अन्य कैयौँ प्रकारका बिमारी सामान्य हुँदै गइराखेका छन् । यसको एउटा ठूलो कारण के छ भने आज हामी जे पनि खान्छौ त्यसमा रासायनिक तत्वहरूको अधिकता धेरै छ, हाम्रो भोजन विष बनिसकेको छ । गहुँ बालीमा रासायनिक उर्वरकको प्रयोग बढ्नाले रोटीमा मनी उर्वरकको अवशेष बढ्दो छ । यसले गर्दा कृषि रसायन शरीरमा रगतसँगै बगिराखेको छ । यसको प्रमाण पञ्जावको भटिन्डा र मुक्तसर जिल्लाहरू हुन् । यहाँका ग्रामीण जनताको रगत परीक्षण विश्लेषण गर्दा १३ किसिमको किटनाशक पाइएको प्राज्ञिक अभिलेख पाइन्छ । हाम्रो आफ्नो परिवेषमा कृषि सामग्री संस्थान म्याद सकिएको किटनाशक अमलेखगन्जमा लामो समय भण्डारण गर्दा त्यस भेगका जनसमुदायमा रगत परीक्षण विश्लेषण गर्दा किटनाशकहरूको अवशेष भेटिएको प्राज्ञिक अभिलेख     भेटिन्छ ।

विश्व बैङ्कद्वारा गरिएको अध्ययनअनुसार विश्वमा २५ लाख मानिस प्रतिवर्ष किटनाशकको दुष्प्रभावको शिकार हुने गरेका छन् । तीमध्ये करिब ५ लाख मानिसले मृत्युवरण गर्छन् । लामो समयसम्म यस्तो गहुँको प्रयोगले हृदयाघात कलेजोसम्बन्धी बिमारी हुन सक्छ । साथै पक्षघात पनि सघन रूपमा उखु लगाइएको क्षेत्रमा बालिहरूमा ७ वर्षकै उमेरमा महिनाबारी सुरु हुने, कुखुराको अण्डाका बोक्रा पातलो हुने हुँदा सजिलै टुट फुट हुन्छन् । डीडीटीले गर्दा यौनजन्य परिवर्तनका लक्षण देखिन थाल्छ । यी रसायनले हाम्रो अनुवांशिकताको बाहक क्रोमोजोम्समा अवस्थित जीनहरूको संरचनामा अवाञ्छित परिवर्तन गराउनमा सक्षम हुन्छन् । रासायनिक उर्वरक किटनाशक, ढुसीनासक, झारपात नासक रसायनको उपयोगको क्रममा सम्पर्कमा आउनाले ती किसानको आँखा, नाक, छाला र वीर्यमा पुगेर त्यसको पीएच कम गरेर त्यसलाई अम्लीय बनाउँछ  ।  प्रति एमएल वीर्यमा शुक्राणुहरूको सङ्ख्या ७.५ करोडबाट घटेर ४.४ करोड रहन जान्छ । क्षतिग्रस्त शुक्राणुको सङ्ख्या पनि बढेर जान्छ । यी सबै कुराले तिनको प्रजनन क्षमतामाथि नराम्रो प्रभाव पर्छ ।

कृषि रसायनको भरपुर प्रयोग गर्ने फार्ममा तथा त्यसको नजिक बसोवास गर्ने केटाकेटीको बौद्धिक स्तर फार्मभन्दा टाढा बसोबास गर्ने केटाकेटीको भन्दा धेरै तल हुन्छ । वृद्धहरूमा विर्सने रोग अल्जाइमरको सम्बन्ध पनि कृषि रसायनसँग जोडिएको पाइएको छ । अर्थात् यी रसायन मानिसको मानसिक क्षमतालाई कम गरिराखेका छन् ।

हामीले आफ्नो सुरक्षा आफै गर्नुपर्ने हुन्छ । हाम्रो खेतबारीमा जैविक विविधता हुनुपर्छ । मात्र एक किसिमको बाली नलगाएर खेतबारीमा एकै समयमा धेरै किसिमका बालीनाली लगाउनुपर्छ । जैविक विविधता अर्थात् मिश्रित खेतीले माटोको उत्पादन क्षमता बढाउन र कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नु दुवैमा सहायक सिद्ध हुने गर्छन् । जहाँसम्म सम्भव हुन सक्छ हर खेतमा दलहन, कपास धान गहुँ जस्ता बालीहरू मिलाएर लगाउनुपर्छ । दलहन बालीले नाइट्रोजनको आपूर्तिमा सहायक हुन्छन् । एउटा बाली पनि एकै प्रजातिको नभई भिन्न भिन्न प्रजातिको लगाउनुपर्छ । बालीनाली चक्रमा बेला बेलामा परिवर्तन गर्नुपर्छ । एकै किसिमको बाली पटक पटक लगाउँदा माटोबाट केही तत्व क्षय हुन्छ । केही विशेष कीरा फट्याङ्ग्रा र झारपात उम्रिने मौका पाउँछ । किटनाशकको प्रयोग गरेर हामी बोट बिरुवा नष्ट गर्ने किरा फट्याङ्ग्रा साथी ती कीरा फट्याङ्ग्रा पनि नष्ट गरेका हुन्छौ । यसले हानिकारक कीरा फट्याङ्ग्रा खान्छन् । यस प्रकार हामी समस्याका साथसाथै समाधालाई पनि उन्मूलन गरिराखेका हुन्छौँ । कीरा फट्याङ्ग्रामा ती किटनाशक प्रति प्रतिरोधक क्षमता उत्पन्न भइरहेको थियो । यसबाहेक लाखौँ रुपियाँ किटनासकको लागि व्यय भइरहेको थियो, जुन किसानलाई लाभको रूपमा प्राप्त हुन सक्छ । हामी बिहानदेखि बेलुकासम्मको भोजनसम्म जे पनि आफ्नो शरीरमा ग्रहण गर्छौं । त्यसको महत्त्व हाम्रो अस्तित्वसँग जोडिएको छ । किसान अब रासायनिक मल तथा किटनाशकको चक्रव्यूहबाट निस्कन चाहन्छन् । भूमिलाई फेरि पनि उर्वर बनाउन सकियोस् जबसम्म हामी प्राकृतिक संसाधनको अविवेकपूर्ण दोहनामा बिराम लगाउँदैनौँ । पर्यावरण संरक्षण तथा संवद्र्धनको कुरा निरर्थक हुनेछ । हामीले किसानलाई हर सम्भव सहायता दिनुपर्नेछ । त्यस्तो सहायताबाट तिनले आफूलाई महँगो कृषि पद्धति तथा किटनाशकको चक्रबाट मुक्त गरेर सतत पोषणीय तथा स्वस्थ्य कृषिमा संलग्न हुन सकुन । धर्तीमा यति क्षमता छ कि त्यसले सबैको आवश्यकतालाई पूरा गर्न सक्छ तर कसैको लालचलाई पूरा गर्नमा भने सक्षम    छैन ।

(लेखक वरिष्ठ पशु चिकित्सक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप