जब प्रियंकाको कारण ट्विंकलले अक्षयलाई थप्पड हानिन्...
बलिउड अभिनेता अक्षय कुमारले फिल्ममा गरेका फरक–फरक अभिनयका कारण लोकप्रिय कलाकार हुन् । उनी फिल्ममा निभाएका भूमिकाले मात्रै होइन विभिन्न समयमा विभिन्न अभिनेत्रीसँग चलेको प्रेमको हल्लाले पनि उनी निकै चर्चामा आएका थिए ।
उनले ट्विंकल खन्नासँग बिहे गरे । बिहे पछि पनि उनको केहि अभिनेत्रीसँग नाम जोडियो । यसैक्रममा अक्षय र प्रियंकाको अफेयर फिल्मको शुटिङमा सुरु भएको भन्ने समाचारले धेरैलाई आश्चर्यमा पारेको थियो ।
सन् २००३ मा अक्षय र प्रियंका सँगसँगै फिल्म ‘अन्दाज’ मा काम गरिरहेका थिए । प्रियंकाले अक्षयलाई फिल्ममा आउनुभन्दा अघि नै मन पराउँथिन् । त्यसपछि फिल्ममा आएपछि उनी अक्षयसँग नजिकिन थालिन् । उनीहरुको ‘अनस्क्रिन’ मा मात्र होइन ‘अफस्क्रिन’ मा पनि रोमान्स गर्न थाले । बलिउडमा नयाँ प्रियंका र अक्षयको जोडी अभिनित फिल्मलाई धेरैले अत्यधिक रुचाए ।
विस्तारै–विस्तारै दुवैको अफेयरको हल्ला मिडियामा पनि छाउन थाल्यो । उनीहरुको अफेयरको हल्ला ट्विंलसम्म पनि पुगेपछि उनी अक्षय भएको ठाउँमा नै आइन् । गोवामा प्रियंकासँग अर्को फिल्म ‘मुझसे शादी करोगी’ को शुटिङमा थिए । सेटमा नै ट्विंकल र अक्षयवीच झगडा सुरु भयो र उनले अक्षयलाई थप्पड लगाइन् ।
र, त्यसपछि अक्षयले उनलाई लिएर त्यहाँबाट गए । भविष्यमा प्रियंकासँग कुने पनि फिल्म नखेल्ने निधो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण