छठसम्म जनकपुरमा जानकी रेल
सोमबार, १३ साउन २०७६, ०७ : ३०
आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ । अर्को रेलको नाम पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ ।
रेलवे विभागका महाप्रवन्धक बलराम मिश्रका अनुसार आगामी दसैं–तिहार वा छठसम्म जनकपुरमा गुडाइने रेलको सबै संरचना तयार भइसकेको छ । विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोन–कोन रेलवे कर्पोरेसनसँग सम्झौता गरेको छ ।
‘जयनगर–जनकपुर–कुर्था रुटमा चल्ने एउटा रेलको नाम जानकी राख्ने निर्णय भइसकेको छ भने अर्कोको नाम पशुपति वा सगरमाथा राख्ने विषयमा छलफल भइरहेको छ,’ महाप्रबन्धक मिश्रले भने, ‘सम्झौताअनुसार दुवैको संरचना तयार भइसकेको छ । दसैं–तिहारसम्म दुवै रेल जनकपुर आइपुग्ने छन् ।’ यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण