उदित नारायणलाई ज्यान मार्ने धम्की, सादा पोसाकमा पुलिसले निगरानी गर्दै
भारतीय गायक उदित नारायणले पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की पाइरहेको बताइएको छ । उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ । उनका अनुसार पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उनलाई फोनमा क्षती पुर्याउने धम्की दिइरहेका छन् । तर फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको बताएका छन् ।
यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ । नम्बरको लोकेशन बिहार बताइँदै छ । पुलिसका अनुसार उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदैछ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार अब पुलिसको एउटा टिम बाहिर निस्किएर यो मामलाबारे अनुसन्धान गर्ने तयारीमा छ ।
उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए ।
अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको बयान दर्ता गरिसकेको बताए । उनले भने, ‘उदित नारायणले उनलाई कोही व्यक्तिले फोन गरेर धम्की र गाली गरिरहेको बताए । हामी उदित नारायणको घर वरिपरि पहरा दिइरहेका छौं । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ ।’
पुलिसका अनुसार पछिल्लो एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक फोन गरेर धम्की दिएका छन् । पहिलो फोन एक महिना अघि आएको थियो । दोस्रो कल १७ जुलाई र तेस्रो २३ जुलाईमा आयो ।
पुलिस अधिकारका अनुसार जो व्यक्ति उदितलाई धम्की दिइरहेका थिए उनको नाम लक्ष्मण हो । फोन गर्ने व्यक्तिले आफूलाई उदित कहिले घरबाट निस्कने, कहाँ जान्छन् ती सबैबारे जानकारी भएको र उनलाई ज्यान मार्ने धम्की दिइरहेको भन्दै धम्की दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण