बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदमा काँग्रेस र राजपाको नाराबाजी

सोमबार, १३ साउन २०७६, १३ : ३०
सोमबार, १३ साउन २०७६

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध बनाएका छन् ।

संसद बैठक शुरु भए लगत्तै दुई पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

विरोधका बीच सभामुख कृष्णबहादुर महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।

उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन गठन गर, संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको हनन गर्न बन्द गर जस्ता नारा लगाएका थिए ।

यसबीच, सभामुख महाराले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको समसामायिक विषयहरु राख्न नपाएको भन्दै अवरोध हटाउन र संसद सुचारु गर्न र अवरोध हटाउनुपर्छ विशेष अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप