मेलोमेसो मिलाएर विदेश भ्रमणः सामान्य प्रशानसन मन्त्रालयका १६७ जना विदेश पुगे
मङ्गलबार, १४ साउन २०७६, ०७ : ०१
कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ ।
त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे ।
तीमध्ये चीन जानेको संख्या १ सय ४ छ । मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन । मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एण्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारी चीन पुगेको बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय
-
१०४ दिनदेखि ठप्प छ सार्वजनिक पुस्तकालय, अर्थमन्त्री वाग्लेका किताब धमिराले खाँदैछन्
-
राजस्व सङ्कलन ‘मिसन मोड’ मा लैजान अर्थमन्त्रीको निर्देशन
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण