शाहरुख–धनुष ट्वीटर–गुगलमा किन ट्रेन्ड गरिरहेका छन् ?
दक्षिण भारतीय फिल्ममा सुपरस्टारको रुपमा परिचित धनुष ट्वीटर र गुगलमा ट्रेन्ड गरिरहेका छन् ।
३६ औं जन्मदिन मनाइरहेका धनुष आफ्नो नयाँ फिल्म पतासूका लागि पनि चर्चामा छन् । यो फिल्मको पोष्टरमा धनुषलाई इल्याको सुपरस्टार भनिएको छ । धुनषलाई युवा सुपरस्टार भनिएको यो पहिलो मौका हो ।
यद्यपि, हिन्दी सिने प्रेमीलाई पनि धनुषले आफ्नो फिल्म रांझणामा प्रभावित गरिसकेका छन् । हिन्दी सिने जगतमा उनले निकै थोरै काम गरेका छन् तर कोलावेरी–कोलावेरी डी गीतले उनलाई घर–घरसम्म भने पुर्यायो ।
यो गीतलाई धनुषले नै लेखेका र गाएका थिए । यो गीतले थुप्रै रेकर्ड बन्यो र पुराना थुप्रै रेकर्ड पनि तोड्यो । एक इन्टरटेन्मेन्ट वेबसाइटका अनुसार यो भारतको पहिलो गीत हो जसले सय मिलियन भ्युज पार गरेको थियो ।
फिल्म अभिनेता धुनषको वास्तविक नाम वेंकटेश प्रभु हो ।
उनी तमिल फिल्म निर्देशक एवं निर्माता कस्तुरी राजाका छोरा हुन् र तमिल सिनेमाका सुपरस्टारकी छोरी ऐश्वर्याका श्रीमान् हुन् ।
शाहरुख खानका प्रशंसकले उनलाई किन याद गरिरहेका छन् ?
ट्वीटर ट्रेन्डमा नै एक अर्का सुपरस्टार ट्रेन्ड गरिरहेका छन् र ती हुन् बलिउडका बादशाह शाहरुख खान हुन् ।
#WeMissSRKOnBigScreen ह्याशट्याग प्रयोग गरेर मानिसहरु ट्वीटरमा शाहरुखलाई याद गरिरहेका छन् । मानिसहरुले विभिन्न तरिकामार्फत् शाहरुख खानलाई ट्याग गरेर ठूलो पर्दामा कहिले देख्न पाउने भन्दै प्रश्न सोधिरहेका छन् ।
शाहरुखको अन्तिम फिल्म जिरो थियो जुन गत डिसेम्बरमा रिलिज भएको थियो । आनन्द एल रायको यो फिल्ममा शाहरुख खानसँग कट्रिना कैफ र अनुष्का शर्माले मुख्य भूमिका निभाएकी थिइन् तरपनि यो फिल्मले कुनै कमाल देखाउन सकेन ।
सात महिना बितिसकेको छ र अहिलेसम्म शाहरुख खानले नयाँ फिल्मबारे केही घोषणा गरेका छैनन् सायद यसै कारण उनलाई चाउनेहरुले ट्वीटरमार्फत् उनलाई यस्ता प्रश्न सोधिरहेका छन् ।
जुनैदले ट्वीट गरेका छन्, ‘जुन अभिनेताले मलाई फिल्ममा रुची जगाइदिए र अब म उनलाई ठूलो पर्दामा मिस गरिरहेको छु ।’
The man who made me crazy to watch movies
— Junaid (@junaidahmedh67) July 27, 2019
And now man is being missed on big screen @iamsrk we want the update on next movie
#WeMissSRKOnBigScreen
यद्यपि, यसै वर्ष अप्रिलमा इन्डिया टुडे टिभी च्यानललाई दिएको अन्तरवार्तामा शाहरुखले अर्को प्रोजेक्टबारे अहिले केही निश्चित नभइसकेको भन्दै आफूले यसबारे जूनमा मात्रै निर्णय लिने बताए । यद्यपि, जून पछि अब जुलाई पनि बित्दै छ तर उनको तर्फबारे कुनै घोषणा भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण