पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको आन्दोलन फिर्ता, जनता भने लाइनमै
काठमाडौँ । आयल निगम सञ्चालक समितिले माग पुरा गर्ने भएपछि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बिहीबारदेखि सुरु गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षतिको क्षतिपूर्ति बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई दिइरहेको क्षतिपूर्ति बढाउने निर्णय गरेको थियो ।
क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि नै निगमसँग पेट्रोल/डिजेल किन्नै छाडेका थियो ।
थानकोट डिपोबाट पम्पसम्म पेट्रोल ढुवानी गर्दा थप १० लिटर नोक्सानी क्षतिपूर्ति दिने भएपछि आन्दोलन फिर्ता भएको हो । अहिले थानकोट ढिपोबाट ४ हजार पेट्रोल ढुवानी गर्दा ३५ लिटर नोक्सानी पाउथे भने अब ४५ लिटर पाउने भएका छन् ।
त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्याइएको छ ।
एसोसिएसनले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण