कोटेश्वरमा अत्यधिक जाम, उस्तै सास्ती
काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अत्यधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् ।
अरनिको राजमार्ग, वीपी राजमार्ग हुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर चोकमा आकाशे पुल नहुँदा ट्राफिक जामको थपबोझ थपिएको छ । कोटेश्वरको ट्राफिक जाम घटाउनका लागि सडक विभाग, ट्राफिक प्रहरी र जनप्रतिनिधिहरुले विकल्प तयार गरेर अगाडि बढे पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।
सडक विभागले कोटेश्वरको टंकप्रसादको शालिकबाट काठमाडौं पेप्सीकोला जोडने वडा कार्यालयसम्मको सडक, जडिबुटीबाट मनहरा खोला हुँदै बालकुमारी जोड्ने दुईवटा वैकल्पिक सर्भिस ट्रयाक निर्माणको काम अगाडि बढाए पनि गति लिन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण