जति पीडा भएपनि हातैभारि गोडना
भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी पे्रमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला भेट्नु सक्नु हुनेछ ।
जति नै पीडा भएपनि थारु महिला हाँतखुट्टामा गोडना (ट्याटु) बनाएरै छोड्छन् । पहिले र अहिलेको ट्याटु बनाउन विधि भने फरक छ । बढैयाताल गाउँपालिका ५ की कलावती चौधरीका अनुसार पहिले यो कला सहज थिएन ।
कपडा सिलाउने मेसिनको सियोले खोप्नुपथ्र्यो । ट्याटु बनाउन एउटा होइन, पाँचदेखि सात वटासम्म सियोले एकसाथ खोप्ने चलन थियो ।
‘हातखुट्टामा सियो रोप्दा कति रगत बग्यो, बग्यो तर पीडाको पर्वाह नगरी गोडना छेडियो, एक सातासम्म सुन्नियर काम गर्न सकिएन ।’ कलावतीले दुई दशक अघिको ट्याटु अनुभव सुनाइन् । अहिले भने ट्याटु बनाउन त्यतिसाह्रो पीडा खप्न पदैन । यो समाचार कान्तिपुरमा ठाकुरसिंह थारुले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण