पानी नपरे पनि एकाएक बाढी
गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो ।
बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आउने क्रम अझ पनि जारी छ । बिहीबार एक एकाएक बाढी आउँदा सो क्षेत्रमा आतंक सिर्जना भएको थियो ।
गत बुधबार दिउँसो लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो । बाढीमा बगेका केही अझै बेपत्ता छन् । दोर्दी गाउँपालिका –६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो ।
तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेल र हरिकृष्ण गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण