निर्मला हत्याको त्रासले उखुबारी मासियो
कञ्चनपुर । वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो ।
निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरु त्यो सडक भएर हिँड्न छाडिसकेका थिए ।
उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले समाचार लेखेका छन् ।
तीन पटक बाली लिन सकिने उखु खेतीलाई खेत ठेक्कामा लिएका हरिप्रसाद राठौरले निर्मलाको शव भेटिएपछि अन्तिम पटककको बाली नलिई नष्ट गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण