वाइडबडीले जापानको नारिता उडान गर्दै
दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ ।
असोज ९ र १५ गते हुने दुइटा चार्टर उडान नेपाली ट्राभल कम्पनी सुमेघ टुर्स एन्ड ट्राभल्र्सले गर्न लागेको हो ।
यी नियमित उडान होइनन् । सुमेघले निगमको वाइड बढीको प्रतिघण्टाको भाडा दरमा लिई उडान गर्न लागेको हो । जापानको नारिता नेपला वायुसेवा निगमको पहिलो अवतरण हुनेछ । १२ वर्षअघि निगम चीनको सांघाईमा टेकेर काठमाडौँ–ओसाका–काठमाडौँ उडान गर्थ्यो । राजधानी टोकियोदेखि ओसाका कम्तिमा ६ सय किलोमिटर दुरीमा पर्छ । यी दुई सहरको सडक यात्रा गर्न साढे ७ घण्टा समय लाग्छ ।
निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार पहिलो उडान असोज ९ गते राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण