नाट्टा प्रदेश ५ मा पदस्थापना
बुटवल । नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर (नाट्टा) प्रदेश ५ को नवनिर्वाचित पदाधिकारीको पदस्थापन भएको छ ।
प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बातवरणमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नाट्टा प्रदेश ५ का नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको हो । नाट्टा प्रदेश ५ अध्यक्ष विष्णु प्रसाद शर्माले नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) लाई पदस्थापीत गराएका थिए । यसअघि निर्वाचन अधिकृत अधिवक्ता धर्म बहादुर खड्काले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
सागरको नेतृत्वमा नाट्टा प्रदेश ५ मा नयाँ नेतृत्व चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा रचना पन्त, द्वितीय उपाध्यक्षमा कुल चन्द्र पाण्डे, तृतिय उपाध्यक्षमा अनिलमान श्रेष्ठ, महासचिवमा चन्द्र बहादुर थापा, सचिवमा अन्जन श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप कुमार पोखरेल, सहकोषाध्यक्षमा अंकित जैसवाल पदस्थापीत भएका छन् । यसैगरी सदस्यहरुमा विना न्यौपाने, ज्ञानुमाया पोखरेल, प्रकाश भट्टराई, विराट श्रेष्ठ, सुजित कुमार श्रेष्ठ, महेश पन्थि, उमाशंकर सिंह खड्का, गोबिन्द सिंह (लक्की), जिवनाथ अधिकारी (हरि) पदस्थापीत भएका छन् ।
नाट्टा प्रदेश ५ को अधिवेसन तथा साधरणसभा केन्द्रिय अध्यक्ष सिएन पाण्डेको प्रमुख आतिथ्यतामा यहि साउन ११ गते तेह्रौ साधरणसभा सम्पन्न भएको थियो । सो अवसरमा नाट्टा पर्यटन पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार माधब ढुंगानालाई नगद सहित पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण