लोप हुने हो कि मितेरी साइनो !
ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झिन्छिन् । उनी भन्छिन्, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ”
उनको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थपिन्, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी र म पनि एक्ली छोरी भएका कारण आमाले मित लगाइदिएको भन्नुहुन्थ्यो । ” उनले दशैँ, तिहारमा मितिनीको घर जाने, रमाइलो गर्ने गरेको स्मरण गरिन् ।
पछि मितभाइ जन्मेपछि मेरो भाइ नभएकाले उनैलाई भाइटीका लगाउँदा अझै रमाइलो हुन थाल्यो । मेरो बिहे भयो, पछि मितिनीको पनि बिहे भयो, त्यसपछि भने भेटघाट हुन छाड्यो, श्रेष्ठ पुराना दिन स्मरण गर्छिन् ।
संस्कृतविद् डा. सत्यमोहन जोशी भन्छन्, “मितेरी साइनो भनेको एक प्रकारको ऊर्जावान साइनो हो । मेरा पनि मित हुनुहुन्थ्यो, निधन भइसक्यो । मित साइनोले दुई फरक भूगोल, परिवेश, पृष्ठभूमि, संस्कृति, समाज, परिवार र व्यक्तिलाई जोड्छ ।” जोशीले भने, “सोलुखुम्बुको शेर्पा र सर्लाहीका यादवलाई एउटै थालमा खाने घनिष्ठ मित्र बनाइदिन्छ भने झापाको क्षेत्री र पाँचथरका लिम्बूलाई मित्र बनाइदिन्छ । ”
तर, अहिले मितेरी साइनो ‘दुर्लभ’ भइसक्यो । जोशी भन्छन्, “प्रेम प्रकट गर्ने सबैभन्दा महìवपूर्ण माध्यम मित्रता हो । असल मित्रको सङ्गत अनि हितैषी मित्रको साथ पाउनु संसारको सबैभन्दा दुर्लभ कुरा पनि हो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण