अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन
आइतबार, १९ साउन २०७६, ०७ : ३६
असनको अशोकवृक्ष विहार जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायत आन्दोलनमा उत्रिएका छन् ।
गुठी संस्थानले विहार भत्काएर कम्प्लेक्स बनाउन लागेपछि उनीहरु चरणबद्ध आन्दोलनमा लागेका हुन् । ५०० वर्ष पूरानो विहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियान समेत सञ्चालन भइरहेको छ ।
यसलाई जोगाउन जनमत तयार गर्न भक्तपुर तथा टोखालगायतका स्थानमा समेत हस्तारक्षर अभियान सञ्चालन विहारका सञ्जीव बज्राचार्यले जानकारी दिए । पुस्तौंदेखि १४ परिवारले रेखदेख, भोगचलन र संरक्षण गर्दै आएको सम्पदा हो यो ।
शुक्रबार विहानदेखि असनमा हस्ताक्षर अभियान गरेका थिए । ‘संकलित हस्तारक्षरसहितको ज्ञापनपत्र गुठीलाई बुझाउँछौं,’ बज्राचार्य भन्दछन् । यो समाचार कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण