सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?
आइतबार, १९ साउन २०७६, ०७ : ५६
देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा त्यसको असर सरकार सञ्चालनमान समेत परेको नेताहरुको गुनासो छ ।
पार्टी चलायमान हुन सरकारका राम्रा कार्यसमेत जनतासमक्ष सञ्चार हुन सकेका छैनन् । सबै संयन्त्र निर्माण भएर स्पष्ट दिशा लिन नसक्दा कार्यकर्ताहरुले सरकारका कार्यको खुलेर प्रशंसा गर्न समेत सकेका छैनन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई निर्माण भएको नेकपामा पार्टीका नियमित कार्यक्रम ने हुन छोडेका हुन् । त्यसैगरी, पार्टीभित्र सांगठनिक एकीकरण सम्बन्धमा व्यापक छलफल पनि हुने गरेको छैन भने बैठक पनि नियमित रुपमा हुन छोडेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण