सेटिङमा नयाँ बसपार्क कब्जा, काठमाडौँ महानगर र बसपार्क सञ्चालकबीच यस्तो सम्झौता
सोमबार, २० साउन २०७६, ०६ : ३९
काठमाडौँ महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ ।
ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो ।
तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्मा र निर्दोष घोरसाइनेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण