क्यान्सरका बिरामी ५० का ठाउँमा सय तिर्न बाध्य
क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदैआएकोमा विगत तीन महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् ।
पेट स्क्यान परीक्षण क्यान्सरका बिरामीका लागि अनिवार्य हुन्छ । यसले मानव अंगको स्वास्थ्य अवस्था, रक्त प्रवाह, रासायनिक प्रतिक्रिया र कार्यक्षमता पहिचान गर्दछ ।
‘क्यान्सर रोग विकराल बन्दै गएको अवस्थामा यस विषयमा सरकारको ध्यान पुग्न नसक्नु दुखको विषय हो’ विज्ञहरुले भनेका छन् ।
नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पेट स्क्यान गत वैशाख २२ देखि जेट एयरवेज बन्द भएसँगै रोकिएको छ । नेपालमा सूर्य डाइग्नोस्टिक सेन्टर लाजिम्पाट, कुण्दालिनी डाइग्नोस्टिक सेन्टर, वंशिधर मार्ग र जीवन्त एड्भान्स, काठमाडौं इम्याजिङ प्रालि.ले औषधि उत्पादक कम्पनी र जेट एयरवेयजसँग सम्झौता गरी नेपालमै पेटस्क्यान गर्ने व्यवस्था मिलाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण