शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३
केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए ।
निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे ।
अन्ततः दुई लाख बुझाउने सर्तमा स्याङ्जाबाट एक शिक्षक सरुवाका लागि प्रक्रियामा छन् । ‘विद्यालय कमजोर छ, केही सहयोग गरेर आउनुपर्छ भनेको छु,’ भट्टराईले भने,‘उहाँले हुन्छ भन्नुभएको छ ।’
तिलोत्ततमा गत शैक्षि सत्रमा खाली दरबन्दीको भागबन्डा गरिएको थियो । पार्टी निकट शिक्षक संगठनले दरबन्दी भागबण्डा गरेर शिक्षक सरुवा गरेका हुन् ।
एक शिक्षकका अनुसार सरुवामा कमिसनको दररेट निर्धारण गरिएको छ । माध्यमिक तहका लागि ५ लाख तोकिएको पनि कम्तीमा चार लाख बुझाउनै पर्छ । आधारभूत तहमा ३ लाख बुझाएर आउने धेरै छन् ।
‘पैसा नदिएसम्म विद्यालयको सहमतिसमेत पाइँदैन । सरुवा गराउने निकायमा बुझाउने कमिसन त अझै थप हुन्छ,’ ती शिक्षकले भने । यो समाचार अन्नपूर्ण दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण