मलाइका अरोडाले पोष्ट गरिन् छोरा अरहानको फोटोः लेखिन्, ‘ठ्याक्कै आफ्नो बुवापट्टि गएको छ’
बलिउड नायिका मलाइका अरोडा आफ्नो फोटो र भिडियोको विषयमा सधैं चर्चामा रहन्छिन् । हालै मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेका छन् जसमा उनले छोरा अरहानको तस्बिर र अरबाज खानको वाल्यकालको तस्बिर पोष्ट गरेका छन् । अरबाज र अरहानको यो तस्बिरलाई पोष्ट गर्दै लेखिन्, ‘अरहान तिमी ठ्याक्कै आफ्नो पापाको फोटोकपी हौ ।’
आफू अर्जुन कपुरसँगको सम्बन्धमा रहेको मलाइकाले स्विकार गरिसकेकी छिन् । यी दुईको विवाहको अत्यधिक चर्चा हुने गर्छ । यद्यपि, यसबारे मलाइकाले स्पष्टिकरण दिइसकेकी छिन् । मलाइकाले मिडियासँगको कुराकानीमा भनिन्, ‘मलाई लाग्छ कि खुसी मनको एउटा स्थिती हो, यस्तोमा तमाशा किन गर्ने ? हो, म खुसी छु र यसका लागि यतिधेरै स्पष्टिकरण पनि दिन आवश्यक छैन । यहाँ अन्त्यमा तपाईंको विवाहबारे नै अनुमान लगाइन्छ । बोल्नका लागि यस्तो प्रकारको अनुमानबाट कसैलाई पनि छोडिँदैन । जस्तै हामीले भन्यौं, विवाहबारे कुनै प्रकारको कुराकानी भइरहेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण