करिना कपुरबाट १० वर्षपछि अलग्गिइन् उनकी म्यानेजर पुनम दमानिया
पुनम दमानिया करिब १० वर्षदेखि करिना कपुरकी म्यानेजर थिइन् । ताजा रिपोर्टलाई मान्ने हो भने अब उनले उक्त काम छोडेकी छिन् ।
ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी म्याट्रिकमार्फत् करिनासँग जोडिएकी पुनम अब उनी यो कम्पनीबाट अलग्गिएकी छिन् । यसैकारण उनले अब करिनाको म्यानेजरको पद सम्हाल्ने छैन ।
पुनमले करिनाका लागि विज्ञापनको डिल, फिल्मलाई म्यानेज गर्ने, फोटोसुटको ग्ल्यामरस तस्बिर र सैफ र तैमुरसँगको पारिवारिक भेकेसनको तस्बिर उनको इन्स्टाग्राम ह्यान्डलमा पोष्ट गर्नेलगायतका काम हेर्थिन् ।
आफ्नै कम्पनी खोल्ने तयारीमा पुनमः
भारतीय संचार माध्यममा प्रकाशित रिपोर्टका अनुसार पुनमले एक महिनाअघि म्याट्रिक्सबाट बिदा भएकी थिइन् । कथित रुपमा पछिल्लो केही समयदेखि उनको र कम्पनीबीच मतभेद देखिएको थियो । पुनमले आफ्नै ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी खोल्ने सम्भावना छ । यो पनि भनिएको छ कि पुनमले अहिले म्याट्रिक्सको सेलिब्रिटी म्यानेजमेन्ट एजेन्सी क्वान ज्वाइन गरेकी छिन् । उनी कम्पनीमा सिनियर पार्टनरको रुपमा संलग्न भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण