बाहुबली अभिनेता मधु प्रकाशकी श्रीमतीले गरिन् आत्महत्या, यसकारण तनावमा थिइन्
फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् ।
हंस इन्डियाको रिपोर्ट अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी छिन् । मधुको आत्महत्याको वास्तविक कारण थाहा नभएपनि मधु प्रकाशको जीवनशैलीका कारण निकै तनावमा भएको र श्रीमानको सहकर्मीसँग अफेयर चलिरहेको शंकाका कारण उनले यस्तो कदम उठाएको हुनसक्ने बताइएको छ ।
सिटी पुलिसले यो मामलामा मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार मधुको व्यवहारका कारण दम्पत्तिबीच निकै झगडा हुने गर्दथ्यो ।
रिपोर्टले यो पनि दाबी गरेको छ कि मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए र पछि टिभी शोको सुटिङका लागि बिहान करिब १० बजे घरबाट निस्किएका थिए । भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ ।
पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ र मधुको बयान लिइसकेको छ । भारतीको शव पोष्ट मर्टमको लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ ।
मधुले बाहुबलीबाहेक विभिन्न टिभी सिरियलमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण