बैङ्कमा चोरी गर्न आएकालाई पक्राउ गर्ने सुरक्षागार्ड पुरस्कृत
शुक्रबार, २४ साउन २०७६, १३ : १८
कलैया उपमहानगरपालिकामा रहेको एनसीसी बैङ्कमा चोरी गर्न आएको चोरलाई पक्राउ गर्ने सुरक्षा गार्डलाई प्रहरीले पुरस्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले पूर्व प्रहरी हवलदारसमेत रहेका साहेब प्रसाद यादवलाई रु ५ हजार नगदसहित पुरस्कृत गरेका हुन् ।
बिहीबार राती १२ः३० बजेको समयमा एक १७ वर्षीय युवक चोरी गर्ने मनसायले बैङ्कको छतबाट कम्पाउन्डमा प्रवेश गरेका थिए । ती युवकले सिसीटीभी र बिजुलीको लाइन काटेर चोरी गर्न लागेको अवस्थामा सुरक्षागार्ड यादवले पक्राउ गरेका थिए ।
पक्राउ गरे लगत्तै यादवले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी प्रवक्ता रञ्ज्ति सिंह राठौरका अनुसार ती युवकमाथि चोरी उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण