विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना, २ करोड थप लगानी गर्ने
नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पु¥याउन तयारी थालेको हो ।
हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । अघिल्लो वर्षसम्मको यसै अवधिसम्म भने सो प्लान्टबाट वार्षिक १ हजार २ सय मेट्रिक टन मात्रै विस्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । सेनाले एक वर्ष्भित्रै १ हजार २ सयबाट २ हजार ४ सय मेट्रिक टन हुँदै उत्पादन क्षमता ३ हजार ६ सय मेट्रिक टन पु¥याएको थियो ।
विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत माग बढ्न थालेपछि सेनाले विस्फोटक पदार्थको उत्पादन बढाएर उत्पादनलाई व्यावसायिक बनाउने तयारी अघि बढाएको हो । हाल सेनाले नेपाली सेनाको कल्याणकारी कोषमार्फत विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टमा ३० करोड रुपैयाँ लगानी गरिरहेको छ । सेनाले थप २ करोड लगानी बढाएर उत्पादनलाई दुई सिफ्टमार्फत दोब्बर बनाउने लक्ष्य लिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण