इन्द्रजात्रामा ४० देशका प्रतिनिधिलाई निम्ता
काठमाडौं महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष, मेयर, उपमेयर, सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ उपस्थित गराउने भएको छ ।
यसका लागि निम्तो पठाइसकिएको बताउँदै कामनपाका प्रवक्ता ईश्वरमान डंगोलले कला–संस्कृतिको धनी र जात्रा पर्वको शहरको बारेमा जानकारी गराउन इन्द्रजात्रामा बोलाइएको प्रष्ट पारे ।
उनका अनुसार कमनपासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, अन्तर्राष्ट्रिय संगठन, भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय शहर र कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू नेपाल आउनेछन् ।
निम्तो दिएकामध्ये करिब ३० जना पाहुना आउने निश्चित भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख महेश काफ्लेले भने–नेपाल आउने पाहुनालाई टिकटबाहेक खाने चार दिन र पाँच रात बस्ने व्यवस्था महानगरपालिकाले नै गरेको छ । यसको लागि कामपाले २ करोड रुपिया विनियोजन गरेको छ ।’
‘पाहुना बोलाएपछि स्वागत गर्ने र बसाईको व्यवस्था गर्ने जिम्मा हाम्रै भएकोले सबै पाहुनाको सबै व्यवस्था कामपाले गर्न लागेका हौँ’–उनको भनाइ थियो ।
कामपाको नगरपरिषद्को बैठकले इन्द्रजात्रालाई विश्वव्यापी बनाउन महानगरसँग भगिनी सम्बन्ध रहेका संस्था, संगठन र सम्बन्ध कायम गर्ने प्रकृयामा रहेका संस्थाका प्रमुखलाई नेपाल बोलाउने निर्णय गरेको थियो ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण