आलियाका सौतेनी दाइले मुख खोले, रणबीरलाई पार्टनर बनाएकोमा दिए यस्तो बयान
आलिया भट्टका सौतेनी दाइ राहुल भट्टले रणबीर कपुरसँग उनको विवाहको खबरबारे मुख खोलेका छन् । बलिउड फिल्ममा ठूल्ठूला कलाकारलाई फिटनेसको तालिम दिने राहुल भट्टले निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । राहुलले यदि उनलाई बोलाएको खण्डमा आफू पक्कै पनि विवाहमा जाने तर आलिया र उनको जीवनमा कुनै लेनदेन नभएको बताएका छन् । महेश भट्ट र किरण भट्टका छोरा राहुल भट्ट आलियाका सौतेनी दाइ हुन् ।
राहुलले भने, ‘उनी मेरो सौतेनी बहिनी हुन् । म उनीसँग बस्दिनँ । मलाई उनको जीवनबारे खासै केही थाहा छैन । यद्यपि, म यो जोडी (रणबीर–आलिया) लाई मनपराउँछु । यदि उनले मलाई विवाहमा बोलाउँछिन् भने निश्चित रुपमा म जानेछु ।’
राहुल भट्टको यो बयानबाट स्पष्ट हुन्छ कि महेश भट्ट र सोनी राजदानको परिवारसँग उनकी जेठी श्रीमती किरण भट्टका छोरासँग खासै झुकाव छैन ।
दंगलमा आमिर खानको बडीको पछाडि राहुलको हातः
राहुल भट्ट एक व्यावसायिक फिटनेस ट्रेनर हुन् । उनले बलिउडका विभिन्न हस्तीको बडी बनाएका छन् । यहाँसम्म कि अहिलेसम्म बलिउडको सबैभन्दा ठूलो शारीरिक परिवर्तन गर्ने आमिर खानले आफ्नो फिल्म ‘दंगल’ को बडी बनाउने बेला राहुल भट्टको मद्दत लिएका थिए । जबकी अजुर्न कपुरले आफ्नो तौल कम गर्न र सुगठित बनाउन राहुल भट्टको मद्दत लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण