यसरी मनाइयो काठमाडौंमा पाकिस्तानको ७२ औं स्वतन्त्रता दिवस
काठमाडौं- पाकिस्तानको ७२औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज राजधानीमा एक स्वागत समारोह आयोजना ग¥यो । पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समस्यारहित नेपाल–पाकिस्तान सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगको सराहना गरे ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कठिन परिस्थितिमा पनि पाकिस्तानले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै दुवै देशले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), असंलग्न आन्दोलन (नाम) र संयुक्त राष्ट्रसङ्घमा साझेदारी एवं सहकार्य गरिरहेको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इस्लामावाद र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । पूर्वमन्त्री सिपी मैनालीले नेपाल–पाकिस्तान सम्बन्धलाई सार्कका माध्यमबाट अझ सुदृढ तुल्याउन मद्दत मिलेको भए पनि सार्कलाई गति दिन नसक्दा दक्षिण एशियाको प्रगतिमा आशातित सफलता हासिल नभएको विचार व्यक्त गरे ।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको तक्षशिला र नेपालको लुम्बिनीको समानताले दुई देशबीच हजारौँ वर्ष पुरानो सम्बन्ध रहेको तर कूटनीतिक सम्बन्ध भने भर्खर ५९ वर्ष पुगेको बताए ।
सङ्घका अध्यक्ष हिमालय शम्शेर जबरा र महासचिव मञ्जुरत्न शाक्यले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए । यसअघि आजै बिहान पाकिस्तानी दूतावासमा आयोजित एक समारोहमा उक्त देशको राष्ट्रिय झण्डा राजदूत जाबेदले फहराएका थिए। सोही समारोहमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका सन्देश वाचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण