स्थानीयवासीले दले वडाअध्यक्षलाई कालोमोसो
जनकपुर– पर्सामा एक जनप्रतिनिधिले अपशब्द प्रयोग गरेपछि स्थानीयवासीले कालोमोसो दलेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् ।
वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेपछि आक्रोशित स्थानीयवासीले दुव्र्यवहार गरेको बताए । स्थानीय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेको समूहले वडाध्यक्ष चौहानमाथि हातपातसहित कालोमोसो दलेको हो ।
केही समय पहिले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीमाथि पनि विकास निर्माणकै विषयमा विवाद हुँदा कुटपिट भएको थियो । विगत केही दिनदेखि पर्साका स्थानीयतहमा जनप्रतिनिधिहरुको कार्यशैलीप्रति स्थानीयवासीहरुको आक्रोश बढ्दै गएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्धमा स्थानीयवासीहरु अगाडि बढ्दै गएका छन् ।
त्यसैगरी कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिराबहादुर थापालाई पनि कालोमोसो र चप्पलको माला लगाएर दुव्र्यवहार भएको छ । बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको थियो ।
कालोमोसो लगाउने समूहको पहिचान भइनसकेपनि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालोमोसोसहित हातपात गरेको हुन सक्ने आशंका प्रहरीको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी भन्छन्– ‘वडा कार्यालयमा भएको घटनामा विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उनले अझै थप्दै भने– ‘कालोमोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’
वडाध्यक्ष थापामाथि विप्लव समूहले विद्यालयमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण