आलियाका ५ अफयेरः रणवीरसँग होला त विवाह ?
बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको प्रेमसम्बन्ध बाहिरिएपछि उनीहरुको विवाहलाई लिएर भारतीय सञ्चार माध्यममा निकै चर्चा हुने गर्छ । दुवैलाई फरक–फरक कार्यक्रम तथा ठाउँमा सँगै देखिन थालेपछि उनीहरु चर्चा झन् चुलिँदै गएको छ । यसबीच, यी दुईले अभिनय गरेको फिल्म ‘ब्रम्हस्त्र’ पनि अर्को वर्षसम्म रिलीज हुने तयारीमा छ ।
यी दुईको विवाहको हल्ला समय समयमा बाहिरिने पनि गर्छ । यद्यपि, उनीहरुका परिवार विवाहको सन्दर्भमा अस्विकार गर्दै आइरहेका छन् । यी दुवै ऋषि कपूर भारत फर्किएपछि विवाह बन्धनमा बाँधिन सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
बलिउडमा प्रेम–सम्बन्ध, विवाह र सम्बन्धहरुलाई लिएर सधैँ विवादमा आइरहन्छन्, सेलिब्रेटीहरु । त्यसमध्ये आलियाका प्रेम सम्बन्धहरु पनि पर्छन् । उनको रणवीर कपूर पाँचौँ प्रेमी हुन् ।
उनका जीवनका अन्य चार युवकसँग नाम जोडिएकी आलियाका के थियो त उनीहरुसँगको सम्बन्ध ?
अरसलानः
नेहा धुपियाको ‘पोडकास्ट शो’ मा आलियाले आफ्नो प्रेमीको बारेमा खुलासा गरेकी थिइन् । आफ्ना भूपूप्रेमीको बारेमा खुलासा गर्दै भनेकी थिइन्, ‘हो, अरसलान मेरो पहिलो प्रेमी हो । ऊ मायालु थियो र निकै जिद्धी पनि थियो । ऊ मलाई कुर्ता र जिन्स मात्रै लगाउन दबाब दिन्थ्यो । म उसलाई ‘स्न्याप च्याटमा’ फलो गर्छु । उ सधैँ जिममा व्यस्त रहन्छ । अहिले उ ग्राफिक डिजाइनिङ गरिरहेको छ ।’
अली दादरकरः
आलिया र अली दादरकर बालपनका साथी थिए । करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा सिद्धार्थ मल्होत्रा र अलीबीच झगडा भएको थियो । अली आलियालाई पुनः चाहान्थे तर उनी सिद्धार्थसँग सम्बन्धमा थिइन् ।
केविन मित्तलः
सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएपछि रणवीर कपूरसँग प्रेम सम्बन्धको बारेमा हल्ला फैलिएपछि यस बीचमा उनी हाइक म्यासेन्जरका संस्थापक केविन मित्तलसँग नजिकिएको कारण विवादमा आएकी थिइन् । अरबपति सुनिल मित्तलका छोरा कविन मित्तल आलियासँग पहिलोपटक वल्र्ड इकोनोमिक फोरममा मिलेका थिए ।
वरुण धवनः
आलिया र वरुण धवनबीच सम्बन्ध नजिकिँदै गएको थियो । तर पछि करण जोहरको च्याट शोमा उनीहरुले एकअर्कासँग बसेर खाना खान पनि मन नलाग्ने बताउँन बाध्य भए ।
सिद्धार्थ मल्होत्राः
सिद्धार्थ मल्होत्रा र आलिया भट्टको ‘कपूर एन्स सन्स’ को शुटिङको दौरान प्रेमसम्बन्ध सुरु भएको थियो । उनीहरुले सार्वजनिक रुपमै आफ्नो ब्रेकअपको बारेमा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण