शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

५ वर्षमा विपदबाट १३ हजारले ज्यान गुमाए, ४३ हजार बढी घाइते

शुक्रबार, ३१ साउन २०७६, १३ : २९
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक तथ्याङ्कमा ५ वर्षमा विभिन्न विपद्मा परेर १३ हजार ३ सय ९२ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ । यस्तै ४३ हजार २ सय ७० जना घाइते भएका छन् । 
बाढी, पहिरो, एभिएन एन्फ्लुएन्जा फ्लु, हावाहुरी, सडक दुर्घटना, विषाक्त खाना सेवन, विमान दुर्घटना भूकम्पलगायतको विपद्बाट वि.स २०७१ साउन १७ देखि वि.स २०७६ असार २६ गते सम्म सो संख्याको मानवीय क्षती भएको हो । साथै यो अवधिमा ४ सय १५ जना हराएको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यो ५ वर्षमा सबै भन्दा धेरै ०७२ सालको भूकम्पमा ८ हजार ९ सय ७० जनाको निधन भएको थियो भने २२ हजार ३ सय ९ जना घाईते भएका थिए । यस्तै आर्थिक वर्ष ०७४–०७५ मा सडक दुर्घटनामा ४ हजार २ जनाको निधन भएको थियो भने १४ हजार ४ सय १६ जना घाइते भएको सरकारी तथ्याङ्मा उल्लेख गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप