५ वर्षमा विपदबाट १३ हजारले ज्यान गुमाए, ४३ हजार बढी घाइते
शुक्रबार, ३१ साउन २०७६, १३ : २९
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक तथ्याङ्कमा ५ वर्षमा विभिन्न विपद्मा परेर १३ हजार ३ सय ९२ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ । यस्तै ४३ हजार २ सय ७० जना घाइते भएका छन् ।
बाढी, पहिरो, एभिएन एन्फ्लुएन्जा फ्लु, हावाहुरी, सडक दुर्घटना, विषाक्त खाना सेवन, विमान दुर्घटना भूकम्पलगायतको विपद्बाट वि.स २०७१ साउन १७ देखि वि.स २०७६ असार २६ गते सम्म सो संख्याको मानवीय क्षती भएको हो । साथै यो अवधिमा ४ सय १५ जना हराएको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो ५ वर्षमा सबै भन्दा धेरै ०७२ सालको भूकम्पमा ८ हजार ९ सय ७० जनाको निधन भएको थियो भने २२ हजार ३ सय ९ जना घाईते भएका थिए । यस्तै आर्थिक वर्ष ०७४–०७५ मा सडक दुर्घटनामा ४ हजार २ जनाको निधन भएको थियो भने १४ हजार ४ सय १६ जना घाइते भएको सरकारी तथ्याङ्मा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण