आर्चरको बलिङले मैदानमै ढले स्मिथ
शनिबार, ३२ साउन २०७६, २३ : १०
एजेन्सी-अस्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेज सिरिज अन्तर्गत दोस्रो टेस्टको चौथो दिनको खेलमा बलले टाउकोमा लागेपछि अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमै ढलेका छन् ।
शनिबार टेस्टको दोस्रो इनिङमा ब्याटिङ गर्ने क्रममा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथलाई इङ्ल्यान्डका पेस बलर जोफ्रा आर्चरको बलिङ बाउन्स हुँदै टाउकोमा लागेको थियो । लर्ड मैदानमा ८० रन बनाउँदै शतकको नजिक पुगेका स्मिथलाई ७७औं ओबरमा आर्चरले गरेको बलिङले टाउकोको दायाँतर्फ लागेको हो ।
आर्चरको ९२.४ माइल प्रतिघन्टाको गतिको उक्त बलले लागेर स्मिथ ढलेका थिए । ढलेको केहि समयपछि उठ्न सकेका स्मिथ खेल जारी राख्न चाहन्थे । तर फिजियोको सल्लाहमा उनले मैदान छाडेका थिए ।
स्मिथले मैदान छाड्दा दर्शकले उनलाई ताली बजाएर सम्मान गरेका थिए । तत्काल स्मिथको स्थानमा पिटर सिडल ब्याटिङ गर्न आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण