भुल भुलैयाको फर्स्ट लुक जारी, अक्षयको फ्रेन्चाइजीलाई अब कार्तिकले सम्हाल्ने
सन् २००७ मा रिलिज भएको चर्चित कमेडी एवं साइकोलोजिकल थ्रिलर फिल्म भुल भुलैयाको कहानी अगाडि बढाउन कार्तिन आर्यन बोर्डमा आएका छन् । यसको पहिलो लुक भूषण कुमार र मुराद खेतानीले निर्देशक अनिस बज्मी र कार्तिकसँग जारी गरेका छन् ।
फिल्मका लागि कार्तिकको अपोजिटमा सारा अली खानलाई कास्ट गरिने चर्चा छ । फिल्मका निर्माताले अन्य भूमिकालाई कास्टिङ गरेर चाँडै नै यसबारे घोषणा गर्नेछन् ।
फिल्मबारे कार्तिक आर्यन भन्छन्, ‘तेस्रो पटक भूषणसँग काम गर्न निकै उत्साहित छु । भुल भुलैया हामीलाई निकै मनपरेको कमेडी–थ्रिलर फिल्ममध्ये एक हो । यो फ्रेन्चाइजीलाई अगाडि लैजानु मेरो एउटा ठूलो जिम्मेवारी हो ।’
भूषण कुमारले फिल्मको विषयमा भने, ‘दर्शकलाई भुल भुलैयाको दोस्रो संस्करणको प्रतिक्षा त थियो नै । साथै म पनि यसलाई लामो समयदेखि प्रतिक्षा गरिरहेको थिएँ । यद्यपि, हामी सही स्क्रिप्ट बनाउन चाहन्थ्यौं र धेरै वर्षको प्रतिक्षापछि अहिले यो पाएको छु । ’
निर्देशक अनिस बज्मीले भने, ‘पछिल्लो केही वर्षमा मैले भूषण र मुरादसँग विभिन्न प्रोजेक्टमा काम गरेको छु र र अब म उनीहरुसँग फिल्ममा काम गर्दैछु । कार्तिकसँग काम गर्नका लागि म उत्साहित छु । उनी निकै प्रतिभाशाली नायक हुन् र फिल्ममा उनको भूमिका निकै दमदार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण