दर्ता नभएका औषधी बिक्री वितरण नगर्न आग्रह, अटेरी गर्नेलाई यस्तो कारबाही
सोमबार, ०२ भदौ २०७६, ११ : ५२
काठमाडौं–औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको हो ।
विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।
विभागले दर्ता नभई बिक्रीवितरण गरिएका औषधीको एकीङ तथ्याङ्क भने बाहिर ल्याउन सकेको छैन । विभागले वर्षमा ३ हजारदेखि ३५ सयसम्म औषधी पसलको निरीक्षण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण