दर्ता नभएका औषधी बिक्री वितरण नगर्न आग्रह, अटेरी गर्नेलाई यस्तो कारबाही
सोमबार, ०२ भदौ २०७६, ११ : ५२
काठमाडौं–औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको हो ।
विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।
विभागले दर्ता नभई बिक्रीवितरण गरिएका औषधीको एकीङ तथ्याङ्क भने बाहिर ल्याउन सकेको छैन । विभागले वर्षमा ३ हजारदेखि ३५ सयसम्म औषधी पसलको निरीक्षण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच बैठक जारी
-
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ