न्यूजिल्याण्डमा जनतासँग हतियार खरिद गरिरहेको छ सरकार, ५० दिनमा १२ हजार बन्दुक फिर्ता
१५ मार्चमा क्राइस्टचर्च चरमपन्थी हमलापछि न्यूजिल्याण्डले अनौठो पहल गरेको छ । सरकारले ‘गन बाय–ब्याक’ योजना अन्तरगत हतियार खरिद गरिरहेको छ । २० जूनमा यो योजना लागू भएपछि मानिसहरुले ५० दिनमा १२ हजार १ सय ८३ हतियार फर्काएका छन् । यसमा ११ हजार हतियार प्रतिबन्धित श्रेणीका छन् । सरकारले यसको बदलामा दुई सय मिलियन न्यूजिल्याण्ड डलर (१४ अर्ब रुपैयाँ) बजेट छुट्याएको छ । न्यूजिल्याण्ड सरकार आफैंलाई जनतासँग कति हतियार छ भनेर थाहा छैन । यद्यपि, एक अनुमानका अनुसार वैध र प्रतिबन्धित मिलाएर मानिसहरुसँग १२ लाख हतियार छन् जबकी न्यूजिल्याण्डको जनसंख्या ४७.९ लाख छ । अर्थात्, हरेक चौथो व्यक्तिसँग एउटा बन्दुक छ ।
मानिसहरुबाट उनीहरुको बन्दुक फिर्ता पाउनका लागि विशेष सूत्र तयार गरिएको छ । जुन बन्दुक खराब स्थितीमा छन् त्यसको लागि २५ प्रतिशत भुक्तानी गरिँदै छ भने राम्रो स्थितीमा भएका बन्दुकका लागि ९५ प्रतिशतसम्म भुक्तानी दिइँदैछ ।
मानिसहरुसँग ११ लाख देखि १ करोड १२ लाख मूल्य पर्ने बन्दुकः
एक अमेरिकी रिपोर्ट अनुसार न्यूजिल्याण्डका मानिसहरुसँग सैन्य–शैलीको सेमी–अटोमेटिक बन्दुक पनि छन् जसको मूल्य ११ लाख रुपैयाँदेखि १ करोड १२ रुपैयाँ पर्छन् । क्राइस्टचर्च हमलामा ५१ मानिसको मृत्युपछि सेमी अटोमेटिक गन्समा प्रतिबन्धका लागि न्यूजिल्याण्डको पूरा संसद एकजुट भयो । संसदमा कानूनको पक्षमा ११९ भोट पर्यो । एकजना सांसदले मात्र विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण