‘उमराव जान’ जस्ता फिल्मका संगीतकारको ९२ वर्षमा निधन
‘कभी कभी’ र ‘उमराव जान’ जस्ता फिल्ममा संगीतकार खय्यामको सोमबार राती निधन भएको छ । ९२ वर्षीय खय्याम साहब फोक्सोमा संक्रमण देखिएपछि केही दिनदेखि बिरामी थिए र मुम्बईको सुजय अस्पतालको आइसियूमा भर्ना थिए । उनी पद्म भूषण र संगीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित थिए ।
९० औं जन्मदिनमा ट्रस्ट बनाएः
९० औं जन्मदिनमा खय्याम साहबले बलिउडलाई एउटा अचम्मको रिटर्न गिफ्ट दिएका थिए । उनले जीवनभरीको कमाईलाई एउटा ट्रस्टको नाममा गरिदिने घोषणा गरेका थिए । करिब १२ करोड भारु ट्रस्टलाई दिइयो । यो पैसाले आवश्यकता परेका कलाकारको मद्दत गर्न थालियो । गजल गायक तलत अजिज र उनकी श्रीमती बिनालाई मुख्य ट्रस्टी बनाइयो ।
पहिलो कमाई दुई सय रुपैयाँः
खय्यामले कभी–कभी, उमराव जान, त्रिशुल, नुरी, बाजार, रजिया सुल्तानजस्ता फिल्मलाई संगीत दिए । ‘इन आँखोँ की मस्ती के’, ‘बडी बफा से निभाई हमने...’ जस्ता गीतका रचयिता खय्यामले नीजि जीवनमा विभिन्न मुश्किलको सामना गरे । दोस्रो विश्वयुद्धमा उनले एक सिपाहीको रुपमा आफ्नो सेवा दिइसकेका छन् । पञ्जाबको नवांशहरमा जन्मिएका मोहममद जहूर खय्यामले करियरको सुरुवात सन् १९४७ मा गरेका थिए ।
एक अन्तरवार्तामा उनले भनेका थिए, ‘म केएल सहगलसँग प्रेरित भएर हिरो बन्न चाहन्थेँ । मुम्बई आउँदा मैले मेरा गुरु संगीतकार हुस्नलाल–भगतरामले प्लेब्याक सिंगिंगको मौका दिए । त्यो गीतमा मेरी को–सिंगर जोहरा जी थिइन् । मेरो पहिलो कमाई दुई सय भारु थियो । त्यहाँबाट अघि बढेर म यहाँसम्म पुगेँ । ’
कभी कभी (सन् १९७७) र ‘उमराव जान’ (१९८२) का लागि खय्यामले बेस्ट म्युजिकको फिल्मफेयर अवार्ड जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण