प्रधानमन्त्री ओली र जयशंकरबीच के–के भयो कुराकानी ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय विदेश मन्त्री एस.जयशंकरबीच भेटघाट सकिएको छ । प्रधानमन्त्री निवासमा बुधवार भएको छलफलमा दुई पक्षको बीचमा गम्भीर छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दुई देशबीचमा रहेको सम्बन्धलाई अझ कसरी बलियो बनाउने त्यसका लागि दुवै पक्षको बीचमा कस्तो छलफल हुने विषयमा कुराकानी भएको बताइएको छ । आज बस्न लागेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा प्रस्तुत हुने एजेण्डाको विषयमा पनि दुई पक्ष बीचमा कुराकानी भएको छ । पुराना सन्धी सम्झौता, इपजी प्रतिवेदन, विकासका एजेण्डामा खुलेर छलफल गर्न प्रधानमन्त्री ओलीको सुझाव रहेको बालुवाटार स्रोतले जनाएको छ ।
थप उपचारका लागि भोली सिगांपुर जान लागेका प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा पनि विदेश सचिव जयशंकरले जानकारी लिएको बताइएको छ । यसैबीच आजै ९ वजे राती मधेशवादी दलका नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । मधेशवादी दलका नेताहरुसँग द्धारिका होटेलमा भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?