प्रधानमन्त्री ओली र जयशंकरबीच के–के भयो कुराकानी ?
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय विदेश मन्त्री एस.जयशंकरबीच भेटघाट सकिएको छ । प्रधानमन्त्री निवासमा बुधवार भएको छलफलमा दुई पक्षको बीचमा गम्भीर छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दुई देशबीचमा रहेको सम्बन्धलाई अझ कसरी बलियो बनाउने त्यसका लागि दुवै पक्षको बीचमा कस्तो छलफल हुने विषयमा कुराकानी भएको बताइएको छ । आज बस्न लागेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा प्रस्तुत हुने एजेण्डाको विषयमा पनि दुई पक्ष बीचमा कुराकानी भएको छ । पुराना सन्धी सम्झौता, इपजी प्रतिवेदन, विकासका एजेण्डामा खुलेर छलफल गर्न प्रधानमन्त्री ओलीको सुझाव रहेको बालुवाटार स्रोतले जनाएको छ ।
थप उपचारका लागि भोली सिगांपुर जान लागेका प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा पनि विदेश सचिव जयशंकरले जानकारी लिएको बताइएको छ । यसैबीच आजै ९ वजे राती मधेशवादी दलका नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । मधेशवादी दलका नेताहरुसँग द्धारिका होटेलमा भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

